top of page

नेपालमा रोजगार र निर्यात वृद्धिका लागि

हेटौडा कपडा उद्योग (Hetauda Textile Mills) लगायत

अन्य औद्योगिक र व्यापारिक योजनाहरुमा कार्यरत

तत्कालिन सम्माननीय प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाज्यूको निर्देशानुसार म उद्योगीले आ.व. २०५६/५७ मा चीन सरकारको कम्पनीबाट स्थापित हेटौडा कपडा उद्योग (Hetauda Textile Mills) लाई त्यहीँ कम्पनीको सहयोगमा ठूलो र मोर्डन रुपमा पुन: स्थापना गरी सुचारु गर्नको लागि सर्वे समेत गराइसकेको थिए र मैले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष रिपोर्ट समेत पेश गरिसकेको थिएँ

साथै वहाँसँगको छलफल र वहाँको निर्देशानुसार म सिमरामा वीरगंज चिनी कारखानाको पछाडि रहेको ८०० acre मध्ये ४०० acre जग्गामा Garment Processing Zone (GPZ)  सुरु गर्न, बुटबल धागो उद्योगलाई आधुनिक र क्षमता वृद्धि गर्ने तथा नेपालगन्जमा कपास बोर्ड मार्फत आधुनिक तरिकाले कपास खेती बढाउने आदि योजनामा संलग्न तथा कार्यरत थिएँ । सो बेला राष्ट्रबाट ५ वर्षभित्र मै वार्षिक रु. १० (दश) खर्बको निर्यात र ३० देखि ३५ लाख मानिसको लागि प्रत्यक्ष रोजगार प्रदान गर्ने योजनामा कार्यरत थिए ।

 

उपरोक्त तयारी पोशाक (Textile) सम्बन्धित उद्योग बाहेक नेपालका विभिन्न क्षेत्रहरुमा अन्य उद्योगहरु स्थापनामा समेत म उद्योगी लागिरहेको थिए ।

Report prepared by CMEC for

Mr. Brij Gopal Innani with plan for revival of the Hetauda Textile Mills in 2001.

© 2023 MGI Nepal 

     Fight Against Grand Corruption in Nepal

  • Youtube
bottom of page