top of page

उद्योगले धितो सुरक्षणमा राखेको सम्पत्ति  रा.बा. बैंक र मा. दीपक बोहराले सेटिङ्ग गरी हिनामिना गरेको ।

रा. बा. बैंकले बदनियतपूर्वक पुर्नमूल्याङ्कन समेत नगरी

मा. दीपक बोहरा अध्यक्ष सर्भिङ्ग माईण्डस प्रा.लि.कम्पनीसँग सेटिङ्ग गरी

प्रथम पटक मिति २०६२/३/१७ मा मात्र ७ दिने बोलपत्र आह्वान गरी

उद्योगले धितो सुरक्षणमा राखेको सम्पत्तिहरु मध्ये

काठमाडौंको कालिमाटी, सोल्टीमोड स्थित

कि.नं. २६६, २६७ र २६८ को भवन—जग्गा

बोलकबोलको रकम नलिई सम्पत्तिको स्वामित्व हस्तान्तरण गरेको

रकम नै जम्मा नगरेको सर्भिङ्ग माईण्डस प्रा. लि. कम्पनीका अध्यक्ष मा. दीपक बोहोराले मालपोत कार्यालय कलंकीका प्रमुखलाई मिति २०६२/५/१६ मा सर्भिङ्ग माईण्डस प्रा. लि. कम्पनीको नाममा उपरोक्त कित्ता नं. २६६, २६७ र २६८ को घर—जग्गा साविकको नामबाट दाखिल खारेज तथा सर्भिङ्ग माईण्डस प्रा. लि. नामसारी गर्न भनी पत्र पठाएका थिए र सर्भिङ्ग माईण्डस प्रा. लि. को नामसारी गर्न नाममा नामसारी कार्यका लागि मिति २०६२/५/१६ मा अर्को पत्र मार्फत सर्भिङ्ग माईण्डस प्रा. लि. का CEO लाई अख्तियारीनामा पनि दिइ पठाइएको अध्यक्ष मा. दीपक बोहोराले मालपोत कार्यालय कलंकीका प्रमुखलाई जानकारी गराएका थिए । 

रा. बा. बैंकले बोलपत्रको शर्त नं. ६ बमोजिम ९० % जम्मा नलिईकन मिति २०६२/०५/२२ मा पत्र सं. काठ. शा. कर्जा च. नं. ४५७ मार्फत मालपोत कार्यालय कलंकीलाई मा. दीपक बोहरा अध्यक्ष सर्भिङ्ग माईण्डस प्रा.लि.कम्पनीको नाउँमा रा.बा. बैंकको रोक्का फुकुवा गरी सम्पत्ति नामसारी दाखिल खारिज गरिदिने भनी रा.बा. बैंक शाखा कार्यालयका प्रबन्धक संजीत मानन्धरले मालपोत कार्यालय कलंकीलाई पत्र पठाएको।

(रा. बा. बैंकका कर्मचारीहरुले आफ्नो पदको दुरुपयोग गरी अवैधानिक तरिकाले बोलपत्रको शर्तहरुको उल्लघंन गर्दै तथा पाइला–पाइलामा अनियमितता गरी उद्योगले धितो दिए मध्ये कालिमाटी २(क), ताहाचलको सोल्टीमोड (ग्राण्ड होटल अगाडि) स्थित कि. नं. २६६, २६७ र २६८ को कित्ता काट गरी ३७ आना २ दाम (हाल कि. नं. ६३ र २०३) मा रहेको ५ तल्ले Fully Marbled तथा Lift सुविधा समेत भएको ४०,००० वर्ग फिट भन्दा बढीको आधुनिक भवन साथै ठूलो Pillared Cemented Shade with Marbled floor को भवन–जग्गा सम्पत्तिको राजनीतिक मिलोमतोमा हिनामिना गरी स्वामित्व हस्तान्तरण गरेको)

उपरोक्त सम्बन्धमा महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रीजबाट कारोबारको लागि राष्ट्रिय वाणिज्य बैंकमा दृष्टिबन्धक गरि धितो दिएको चार वटा अचल सम्पत्तिहरु मध्ये कि. नं. २६६, २६७ र २६८ को जग्गा र भवन मात्रको रा. बा. बैंकले मिति २०६२/०३/१७ मा सीधै ७ दिनको निकै सानो अवधिको सूचना मात्र दिई लिलामी बोलपत्र आह्वान गरेको थियो।

  • उद्योगको कर्जा तिर्ने प्रतिबद्धता हुदाँ—हुदैँ पनि बैंकले दुरासयुक्त भावना राखी मिति २०६२/०३/१७ मा लिलामी निकालिएपछि म उद्योगीले पुन: धेरैपटक रा. बा. बैंकसित सम्पर्क गर्न प्रयास गरेको थिए तर रा. बा. बैंकले बेवास्ता गरेपछि मैले बाध्य भई मिति २०६२/०३/२८ मा गोरखापत्रको मुख्य पृष्ठमा सार्वजनिक सूचना मार्फत उद्योगको साबिक बमोजिम स्विकृत सिमा भित्रको कारोवार खोलिदिएको खण्डमा उद्योगले रु. तेत्तीस करोड भित्रैको चल्ती साँवा ऋण रु.२८,९६,५४,२६१/८८ (अक्षरेपी रु. अठ्ठाईस करोड छयानब्बे लाख चौबन्न हजार दुई सय एक्सठ्ठी रुपैया अठ्ठासी पैसा मात्र) तिर्न तैयार रहेको छ भनी जानकारी दिदैँ पुन: विज्ञप्ति प्रकाशित गरेको समेतलाई रा.बा. बैंकले बेवास्ता गरेको थियो।

  • बोलपत्र आह्वान गर्नु अगावै रा. बा. बैंक काठमाडौं शाखा कार्यालयको सञ्चालक समितिको मिति २०६२/०२/२२ (5th June 2005) को बैठकमा मा.दीपक बोहरा सित गोप्य सेटिङ गरी बोलपत्र आह्वान गर्ने निर्णय गरेको देखिन्छ । त्यहीँ अनुसार रा. बा. बैंक केन्द्रिय कार्यालयले बोलपत्रको शर्तहरु विपरीत गोप्य सम्झौता अनुरुप 19th July 2005  मिति २०६२/०४/०४) मा धरौटी नै नराखेको मा. दीपक बोहराको बोलपत्र स्वीकृत गर्ने निर्णय गरियो र मिति २०६२/०४/०७ (22nd July 2005) को रा.बा. बैंक केन्द्रिय कार्यालय सञ्चालक समितिको बैठक नं. १३९५ मा बोलपत्र स्वीकृत गरेको।

  • रा. बा. बैंक काठमाडौं शाखा कार्यालयको सञ्चालक समितिको मिति २०६२/०२/२२ (5th June 2005)  को बैठक तथा केन्द्रिय कार्यालयको 19th July 2005 मिति २०६२/०४/०४) मा बोलपत्रको शर्तहरु उल्लंघन गर्दै भएको गोप्य सम्झौता सहित मिति २०६२/०४/०७ (22nd July 2005) को रा.बा. बैंक केन्द्रिय कार्यालय सञ्चालक समितिको बैठक नं. १३९५ मा उक्त सम्पत्ति सम्बन्धमा के—के निर्णय भएको छानबिन गरी कारवाही गर्नु अत्यन्त आवश्यक रहेको जानकारी गराउँदै आएको छु । यो सबै तथ्य प्रमाण रा.बा. बैंक केन्द्रिय कार्यालय सञ्चालक समितिले रा.बा. बैंक केन्द्रिय कार्यालय कर्जा असुली तथा पुनरसंरचना विभागलाई मिति २०६२/०४/१३ मा पठाएको पत्र स.स.नि. ३/२४/४१ बाट स्पष्ट जानकारी हुन आउँछ।

राष्ट्रिय वाणिज्य बैंकबाट उद्योगको कि. नं. २६६, २६७ र २६८ को सम्पत्तिको बोलपत्र मार्फत गरेको लिलामी प्रक्रियामा स्पष्ट रुपमा भएका अनियमितता बारे बुदाँगत रुपमा जानकारी साथै सो लिलामी अवैधानिक भएको र जाँच भई कारबाही र खारेज हुनुपर्ने कारणहरु :  

क) म्याद :

लिलामी प्रकृया अनुरुप प्रथम पटक ३५ दिनको सूचना, दोस्रो पटक १५ दिनको सूचना र तेस्रो पटक ७ दिनको सूचना नदिई रा. बा. बैंकद्वारा मिति २०६२/०३/१७ मा एकैपटकमा सीधै ७ दिनको निकै सानो अवधिको सूचना मात्र दिई लिलामी सूचना निकालिएको जानकारी गराउन चाहन्छु।

ख) मूल्याङ्कन :             

मिति २०५४/०३/२७ मा उपरोक्त कालिमाटी २(क), ताहाचलको सोल्टीमोड (ग्राण्ड होटल अगाडि) स्थित कित्ता नं. २६६, २६७ र २६८ को जग्गा र भवन सम्पत्तिमा कर्जा लगानी पूर्व   रा. बा. बैंकद्वारा रु. ७,०२,०५,९७३/– (अक्षरेपी रु. सात करोड दुई लाख पाँच हजार नौ सय त्रियत्तर) मूल्याङ्कन भइ उद्योगलाई ऋण जारी भएको तर सो सम्पत्तिमा जारी ऋण भन्दा कम मूल्य तथा पुर्नमूल्याङ्कन समेत नगरी तत्कालिन बजार मूल्य रु. २० (बीस) करोड भन्दा बढी पर्ने सम्पत्तिलाई आफ्नो मनमर्जी हिसाबले रा. बा. बैंकले रु. ४,२२,१०,०००/– (अक्षरेपी रु. चार करोड बाइस लाख दश हजार मात्र) मा हत्तपत्त बिक्री गर्ने निर्णय गरेको। 

ग) बोलपत्रको शर्तहरु विपरीत :

  • मिति २०६२/०३/१७ मा एकैपटकमा सीधै मात्र ७ दिने सूचना प्रकाशित गरी मिति २०६२/०३/२७ मा बोलपत्र खोलेको र ऋण उठाउने नाममा एउटा प्रतिष्ठित उद्योगलाई समाप्त पार्ने बदनियतले काठमाडौं शाखा कार्यालयले मिति २०६२/०४/०७ को बोर्ड बैठक नं. १३९५ मा रु. ४,२२,१०,०००/– मा बोलपत्र स्वीकृत गरेको।

  • बोलपत्रको शर्त नं. ४ बमोजिम साथ राख्नुपर्ने १० प्रतिशत रकम मिति २०६२/०३/२४ भित्र राख्नु पर्ने तर सो रकम रु.४२,२१,०००/– मिति २०६२/०४/१७ मा रा.बा. बैंकमा बुझाएको देखिन्छ । यो बोल पत्रको शर्त नं. ४ विपरीत रहेको जानकारी गराउन चाहन्छु । धरौटी नै नराखेको बोलपत्र रा. बा. बैंकले कसरी स्वीकृत गरेको? 

  • रा. बा. बैंकले बोलपत्रको शर्त नं. ६ बमोजिम ९० % जम्मा नलिईकन मिति २०६२/०५/२२ मा पत्र सं. काठ. शा. कर्जा च. नं. ४५७ मार्फत मालपोत कार्यालय कलंकीलाई मा. दीपक बोहरा अध्यक्ष सर्भिङ्ग माईण्डस प्रा.लि.कम्पनीको नाउँमा रा.बा. बैंकको रोक्का फुकुवा गरी सम्पत्ति नामसारी दाखिल खारिज गरिदिने भनी रा.बा. बैंक शाखा कार्यालयका प्रबन्धक संजीत मानन्धरले मालपोत कार्यालय कलंकीलाई पत्र पठाएको।

  • रकम नै जम्मा नगरेको सर्भिङ्ग माईण्डस प्रा. लि. कम्पनीका अध्यक्ष मा. दीपक बोहोराले मालपोत कार्यालय कलंकीका प्रमुखलाई मिति २०६२/५/१६ मा सर्भिङ्ग माईण्डस प्रा. लि. कम्पनीको नाममा उपरोक्त कित्ता नं. २६६, २६७ र २६८ को घर—जग्गा साविकको नामबाट दाखिल खारेज तथा सर्भिङ्ग माईण्डस प्रा. लि. नामसारी गर्न भनी पत्र पठाएका थिए र सर्भिङ्ग माईण्डस प्रा. लि. को नामसारी गर्न नाममा नामसारी कार्यका लागि मिति २०६२/५/१६ मा अर्को पत्र मार्फत सर्भिङ्ग माईण्डस प्रा. लि. का CEO​ लाई अख्तियारीनामा पनि दिइ पठाइएको अध्यक्ष मा. दीपक बोहोराले मालपोत कार्यालय कलंकीका प्रमुखलाई जानकारी गराएका थिए।   

  • लीलामीको बाँकी रहेको ९०% (नब्बे प्रतिशत) रकम जम्मा हुनु अगाडि नै मिति २०६२/०५/२२ पत्र सं. ४५७ मा उल्लेख रु. ५८,००,०००/— (अक्षरेपी रु. अन्ठाउन्न लाख मात्र) को चेकको आधारमा मालपोत कार्यालयले रा. बा. बैंकका कर्मचारीहरु र मा. दीपक बोहोरासँगको मिलोमतोमा सर्भिङ्ग माईण्डस प्रा.लि. को नाममा सम्पत्ति नामसारी दाखिल खारिज गरेको र सोही सम्पत्तिमाथि स्वयं रा. बा. बैंकले मिति २०६२/०६/०६ मा रेजिष्ट्रेशन नं. ३५२७ बाट मालपोत कार्यालय कलंकीमा पुन: दृष्टिबन्धक गरी सर्भिङ्ग माईण्डस प्रा.लि.लाई बोलकबोल रकमको लगभग शत प्रतिशत रु. ४(चार) करोड कर्जा ५ वर्ष ६ महिनाको लागि क्रमिक ब्याजदर घट्दै जाने सर्तमा ८.५% ब्याज दरमा जारी गरेको।

घ) बोलपत्रको शर्त नं. ६ विपरित गई अवैधानीक रुपमा सम्पत्ति प्राप्त कर्ता सर्भिङ्ग माईण्डस प्रा.लि.लाई मिति २०६२/०६/०६ मा रा.बा. बैंकबाट सोही सम्पत्तिमाथि ऋण जारी भएपछि मात्र बाँकी रहेको ९०% (नब्बे प्रतिशत) रकम रु.३,७९,८९,०००/— (अक्षरेपी रु. तीन करोड उन्नासी लाख उन्नानब्बे हजार) निम्न बमोजिम जम्मा भएको रा.बा. बैंक काठमाण्डौ शाखाको मिति २०६२।०६।१६ को निर्णय नं २१/४१ को पत्रबाट पुष्टि हुन्छ ।

(अ) रा.बा. बैंकले मिति २०६२/०५/२२ मा कलंकी मालपोत लाई लेखेको पत्र सं. काठ. शा. कर्जा च. नं. ४५७ मा उल्लेख भएको चेक रकम रु. ५८,००,०००/— (रु. अन्ठाउन्न लाख मात्र) को भुक्तानी उपरोक्त सम्पत्ति मा. दीपक बोहरा अध्यक्ष सर्भिङ्ग माईण्डस प्रा.लि को नाममा नामसारी दाखिल खारिज भई बैंकबाट सोही सम्पत्तिमाथि सर्भिङ्ग माईण्डस प्रा.लि लाई मिति २०६२/०६/०६ मा ऋण जारी भएपछि मात्र मिति २०६२/०६/०९ मा चेकमा उल्लेखित रु.५८,००,०००— (रु. अन्ठाउन्न लाख मात्र) बैंकलाई प्राप्त भएको देखिएको छ ।

(आ) त्यस्तै बैंकबाट सोही सम्पत्तिमाथि सर्भिङ्ग माईण्डस प्रा.लि लाई मिति २०६२/०६/०६ मा रु. ४,००,००,०००/— (रु. चार करोड) ऋण जारी भएपछि मात्र मिति २०६२/०६/०९ मा रु. ३,२०,००,०००/— (रु. तीन करोड बीस लाख मात्र) बैंकलाई प्राप्त भएको देखिएको छ ।

(इ) तथा ऋण जारी भएपछि मात्र मिति २०६२/०६/१० मा बाँकी रहेको रु. १,८९,०००/— (रु. एक लाख उन्नानब्बे हजार मात्र) बैंकलाई प्राप्त भएको देखिएको छ ।

रा. बा. बैंकले धरौटी नै नराखेको मा. दीपक बोहरा अध्यक्ष सर्भिङ्ग माईण्डस प्रा.लि को बोलपत्र स्वीकृत गरेको र उद्योगको सोही सम्पत्तिलाई नै पुन: धितो राखी मा. दीपक बोहरा अध्यक्ष सर्भिङ्ग माईण्डस प्रा.लि लाई रा. बा. बैंक स्वयंले बोलकबोल रकमको लगभग शत प्रतिशत रु. ४,००,००,०००/— (रु. चार करोड) को ऋण दिई हिसाब राफसाफ गरेको देखिन्छ।अर्थात् उद्योगको कि.नं. २६६, २६७ र २६८ को सम्पत्ति बैंकका कर्मचारीहरुले बोलपत्रको नाममा राजनीतिज्ञसँग मिलोमतो गरी हिनामिना गरेको छ ।

उक्त सम्पत्तिको लिलामी निकालेकोदेखि लिएर सम्पूर्ण लिलामी प्रकृयामा पाइला—पाइलामा अनियमितता कसको सरक्षंण र निर्देशनमा भएको हो ?

आम नागरिकले एवम् व्यवसायीहरुले कारोबारका लागि बैंकमा सम्पत्तिहरु दृष्टिबन्धक गरी राखेपछि सो सम्पत्तिहरुको सुरक्षा गर्नु के बैंकको दायित्व होइन ?

उपरोक्त सम्पत्ति गैरकानुनी रुपमा मिलेमतो गरी सम्पत्ति हिनामिना गरेको सम्बन्धमा श्री व्यवस्थापिका सार्वजनिक लेखा समिति, श्री प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र नेपाल राष्ट्र बैंकबाट कार्यवाही भइरहेको र कार्यवाही चल्दा—चल्दै रहेको अवस्थामा रा. बा. बैंकसँग सेटिङ्गमा लगभग रु.४,००,००,०००/— (रु. चार करोड) मात्र मा खरीद गरेको उक्त सम्पत्ति रा. बा. बैंकमा दृष्टिबन्धक रहेकोलाई खरीदकर्ता मा. दीपक बोहरा अध्यक्ष सर्भिङ्ग माईण्डस प्रा.लि ले रा. बा. बैंकका कर्मचारीसँग मिलेमतोमा उपरोक्त सम्पत्तिलाई लगभग रु. अठार देखि बीस करोडमा पुन: बिक्री गरेको थाहा हुन आएको जानकारी गराउन चाहन्छु।

© 2023 MGI Nepal 

     Fight Against Grand Corruption in Nepal

  • Youtube
bottom of page