top of page
अन्तराष्ट्रिय स्तर र राष्ट्रको सुस्थापित निर्यातमुखी उद्योगको स्वीकृत सीमा ‘लिमिट’ भित्र
व्यवस्थित रुपमा नाफामा चलिरहेको कारोबारलाई आ.व. २०५७/५८ सुरु देखि नै 
रा. बा. बैंकले बिना कुनै कारण बिना जानकारी आफूखुसी अनाचक बन्द गरेको  र 
“बैंकका प्रतिष्ठित गाह्रक महालक्ष्मी गार्मेन्ट उद्योगको स्विकृत सिमा ‘लिमिट’ भित्र कारोबार गराउन अति आवश्यक र जरुरी भएको छ” भनी जिकिर गर्दै
रा.बा. बैंक शाखा कार्यालयले केन्द्रिय कार्यालयलाई पठाएको
मिति २०५८/०५/२९ को पत्र संख्या एल.सी. ३७/१५९

रा.बा. बैंक केन्द्रिय कार्यालयले माग गरेपछि “बैंकका प्रतिष्ठित गाह्रक महालक्ष्मी गार्मेन्ट उद्योगको स्विकृत सिमा ‘लिमिट’ भित्र कारोबार गराउन अति आवश्यक र जरुरी भएको छ” तथा “बैंक र ग्राहक बीच सम्झौता भई कारोबार गर्नु गराउनु समसामयिक नै रहेको छ” भनी रा.बा. बैंक विशालबजार शाखा कार्यालयले माइन्यूट पास गरी रा.बा. बैंक केन्द्रिय कार्यालय, सिहंदरबारलाई कायार्थको लागि पठाएको थियो तापनि रा.बा. बैंक केन्द्रिय कार्यालयले सो अनुसार उद्योगको कारोबार सुचारु नगरेको जानकारी गराउन चाहन्छु ।

रा. बा. बैंकले षड्यन्त्रपूर्वक मेरो उद्योगको स्वीकृत सीमा ‘लिमिट’ भित्र व्यवस्थित रुपमा नाफामा चलिरहेको व्यापार अचानक बन्द गरी कृत्रिम ऋण सिर्जना गरी सम्पत्तिहरु लुटपाट गर्ने योजना बनाएको साथै विदेशी मुद्रा आर्जन गर्ने र धेरैलाई रोजगार प्रदान गरिरहेको राष्ट्रको तयारी पोशाक उद्योगलाई समाप्त पार्ने ठूलो योजना बनाएको ।

रा. बा. बैंकमा करोडौको निर्यात एल.सि. हरु रहेको अवस्थामा र उद्योगमा निर्यातका लागि करोडौका सामान निर्यातका लागि अर्ध–तयारी अवस्थामा रहेको जानकारी बैंकलाई रहे उपरान्त पनि बैंकले उद्योग र बैंकको बीचमा सम्झौता भई प्रदान गरिएको लिमिटभित्र कारोबार गराइरहेको प्रक्रिया जुन बर्षौ देखि चलिरहेको, त्यस प्रक्रियाको विपरीत गई सम्झौताको प्रवाह नगरी बैंकले अन्तराष्ट्रिय स्तर र राष्ट्रको सुस्थापित निर्यातमुखी उद्योग मात्र नभई विदेशी मुद्रा आर्जन गर्ने र बढी भन्दा बढी रोजगार प्रदान गर्ने उद्योगको स्वीकृत सीमा ‘लिमिट’ भित्र व्यवस्थित रुपमा नाफामा चलिरहेको कारोबारलाई आ.व. २०५७/५८ सुरु देखि नै बैंकले बिना कुनै कारण बिना जानकारी आफूखुसी अनाचक बन्द गरेको जानकारी गराउन चाहन्छु ।

महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिजले राष्ट्रिय वाणिज्य बैंकबाट प्रदान गरिएको रु. ३३ (तेत्तीस) करोड चल्ती कर्जा लिमिट अन्तर्गत आफ्नो ऋणलाई व्यवस्थित राख्दै ब्याज समेत बुझाउँदै आएको थियो । स्वीकृत सीमा ‘लिमिट’ भित्र नाफामा चलिरहेको उद्योगको कारोबार रा. बा. बैंकले आ.व. २०५७/५८ को सुरुवातमा आफ्नो मनमर्जीले अनाचक बिना कुनै कारण बन्द गर्दा म स्तब्ध भएँ ।

मैले बारम्बार रा.बा. बैंकलाई मेरो उद्योगको व्यापार किन बन्द गरेको सोध्दै गए र पटक—पटक मेरो उद्योगको स्वीकृत सीमा ‘लिमिट’ भित्रको व्यापार सुचारु गरिदिनुहुन भनी अनुरोध गर्दै गए तर रा. बा. बैंकले निर्यातजन्य उद्योग महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रीज कारोबार बन्द गरी सैंकडौ करोडको नोक्सान गरायो साथै नेपालमा रोजगार र निर्यात वृद्घिमा केन्द्रित औद्योगिक र व्यापारिक बिस्तारका मेरा अनेकौं योजनाहरु एक—एक गर्दै धराशयी हुँदै गए ।

अन्तराष्ट्रिय स्तरको निर्यात प्रकृयामा लगानी भएको र व्यवस्थित रुपमा नाफामा सञ्चालन भइरहेको तथा आफ्नो लगानी भएको ऋण समेतको परवाह नगरी उद्योगको कारोबार रा.बा. बैंकले अचानक किन बन्द गरेको हालसम्म बैंकसँग कुनै जवाफ नभएको जानकारी गराउन चाहन्छु । 

महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिजले आ.व. २०५६/५७ मा US$ 51,97,046.96  को निर्यात गरेको र लगभग  US$ 5,000,000.00 (पाँच मिलियन यु. एस्. डलर) जति निकासीको लागि Export एल. सी. बैंकमा रहेको  थियो ।

बैंकले यस उद्योगको २०५७/५८ मा बिना कारण अचानक कारोबार बन्द गर्दा एक्सपोर्ट नभएर तल Index मा उल्लेखित एक्सपोर्ट एल.सी.हरु जसमा उद्योगले पूर्व निर्यात कर्जा (P.X.L.) पनि लिइरहेको क्यान्सिल भएका थिए । 

                         उपरोक्त U.S.$ 23,53,348.90 ( यु. एस् डलर तेयीस लाख त्रेपन्न हजार तीन सय अटचालीस र नब्बे सेन्ट) को एक्सपोर्ट एल.सी.हरु बाहेक अरु थप करिब U.S.$ 20,00,000.00 (यु. एस्. डलर बीस लाख) भन्दा बढीको समेत गरी निकासीको लागि तयार रहेको लगभग यु.एस.डलर ५० (पचास) लाखको एक्सपोर्ट एल. सी. को सामान रा. बा. बैंकको कारणले क्यान्सील भएको जानकारी गराउन चाहन्छु ।

मैले उद्योगको कारोबार पुन: सुचारु गर्न धेरै निवेदन र अनुरोध गरी कोशिश गर्दा पनि बैकले  खोलेन । रा. बा. बैंकले अचानक बिनाकारण कारोबार बन्द गरेको कारणले अन्तराष्ट्रिय स्तरको निर्यात प्रकृयामा लगानी भएको यस निर्यात उद्योग (Export Industries) लाई करिब रु. ३५,००,००,०००/– (रू. पैत्तीस करोड) प्रत्यक्ष नोक्सानी भयो । तथा ३ वर्ष सम्म कारोबार खोल्ने आशा, प्रतीक्षा, अपेक्षा र आश्वासनमा उद्योगले मजदुर कर्मचारीहरु समेतको तलब तथा अन्य खर्चहरुबाट लगभग रु. १० करोड गरी जम्मा रु. ४५,००,००,०००/– (रू. पैत्तालीस करोड) को नोक्सानी दायित्व बोक्न बाध्य पारिएको थियो ।

रा. बा. बैंकले व्यवस्थित रुपमा स्वीकृत सीमाभित्र नाफामा चलिरहेको कारोबार बिनाकारण अचानक रोकेर निकासी समेत गर्न नदिएर षड्यन्त्रपूर्वक तरिकाले उद्योगमाथि रु. २८,९६,५४,२६१/८८ (अक्षरेपी  रु. अठ्ठाईस करोड छयानब्बे लाख चौबन्न हजार दुई सय एक्सठ्ठी रुपैया अठ्ठासी पैसा मात्र) कृत्रिम कर्जा सिर्जना गरिदिएको जानकारी गराउन चाहन्छु ।

कारोबार बन्द गर्दा निर्यात नभई उद्योगीबाट निर्यात लोन (P.X.L.) र पैठारी भएको सामानको Import एल. सी. को लोन कसरी चुक्ता हुने बैंकले विचार किन नगरेको?

उद्योगले बैंकमा आ. व. २०५६/५७ सम्म समयमै नियमित रुपमा ऋण र ब्याज बुझाउने क्रममा आ. व. २०५६/५७ मा रू.३,९६,११,६०१।५६ ब्याज मात्र नै बुझाएको थियो । र आ.व. २०५७/५८ सुरु देखि नै उद्योगको कारोबार बन्द रा.बा. बैंकले बैंकले बिना कुनै कारण आफूखुसी अनाचक बन्द गरेपछि पनि आ. व. २०५७/५८ रू.१,६५,३९,८१७.९५ र आ. व. २०५८/५९ मा रू. ०८,३१,२५४।२५ ब्याजमा बुझाएको थियो ।

“बैंकका प्रतिष्ठित गाह्रक महालक्ष्मी गार्मेन्ट उद्योगको स्विकृत सिमा ‘लिमिट’ भित्र कारोबार गराउन अति आवश्यक र जरुरी भएको छ” भनी जिकिर गर्दै रा.बा. बैंक शाखा कार्यालयले केन्द्रिय कार्यालयलाई पठाएको मिति २०५८/०५/२९ को पत्र संख्या एल.सी. ३७/१५९

रा.बा. बैंक केन्द्रिय कार्यालयले आ.व. २०५७/५८ सुरु देखि नै बिनाकारण आफूखुसी अचानक उद्योगको कारोबार बन्द गरेपछि म उद्योगीले पटक—पटक उद्योगको कारोबार सुचारु गर्न माग गर्दै गए, रा. बा. बैंक केन्द्रिय कार्यालयले माग गरेपछि रा. बा. बैंक विशाल बजार काठमाडौं शाखा कार्यालयले कारोबार सुचारु नगराउँदा बैंक समेतलाई हुने प्रत्यक्ष नोक्सानीको जानकारी गराँउदै “बैंकका प्रतिष्ठित गाह्रक महालक्ष्मी गार्मेन्ट उद्योगको स्विकृत सिमा ‘लिमिट’ भित्र कारोबार गराउन अति आवश्यक र जरुरी भएको छ” तथा “बैंक र ग्राहक बीच सम्झौता भई कारोबार गर्नु गराउनु समसामयिक नै रहेको छ” भनी रा.बा. बैंक विशाल बजार काठमाडौँ शाखाको मिति २०५८/०४/१७ को बोर्ड बैठक नं. १४ ले निर्णय गरी मिति २०५८/०५/२९ को माइन्यूटिङ्ग पत्र संख्या एल.सी. ३७/१५९ को निर्णार्थ समेत रा.बा. बैंक केन्द्रिय कार्यालयलाई पठाएको थियो तापनि रा.बा. बैंक केन्द्रिय कार्यालयले सो अनुसार उद्योगको कारोबार सुचारु नगरेको ।

पत्र सं. ३७/१५९ मा उल्लेख भएको मूख्य बुदाँहरुको बिस्तृत जानकारी निम्न बमोजिम पेश गर्दछु ।

(क)  बैंकले नै उद्योगको कारोबार बन्द गरी कारोबार नगराएको कुरा उक्त पत्रको पेज नं २ को दोस्रो अनुच्छेदमा लेखिएको विवरणबाट स्पष्ट बुझिन्छ । र उक्त पत्रमा उद्योगको सिमा भित्रको कारोबार बैंकले बिना कुनै कारण २०५७/५८ देखि आफूखुसी बन्द गरेको स्पष्ट देखिन्छ । यसमा म उद्योगीको कुनै दोष छैन ।

उक्त पत्रमा “उपरोक्त सम्बन्धमा यस शाखाका प्रतिष्ठित ग्राहक मेसर्स महालक्ष्मी गार्मेन्ट ईण्डष्ट्रिजका प्रो.श्री इनानीले पुरानो कर्जा चुक्ता गर्न निजको स्विकृत सिमा भित्र कारोबार गर्न अति आवश्यक र जरुरी भएको छ ।”

उक्त पत्रमा स्विकृत सिमाभित्र कारोबार गराउन लेखिएको रा.बा बैंक विशाल बजार काठमाडौँ शाखाको निर्णार्थलाई समेत केन्द्रिय कार्यालयले बेवास्ता गरी दिएको ।

(ख) उद्योगीले कारोबार बन्द गर्नु अगाडि सम्मको आफ्नो सबै ब्याज चुक्ता गरिसकेको प्रमाण मिति २०५८/०५/२९ को प. सं. एल.सी. ३७/१५९ को पत्रको पेज नं. २ को कर्जा उज्राती विवरण अन्तर्गत लेखिएको विवरणबाट स्पष्ट बुझिन्छ। उपरोक्त पत्रमा रु. ४,१३,३२,८७२/८९ बकाया लेखिएको ब्याज बैंकबाट कारोबार बन्द गरेपछिको अवधिको मात्र रहेको छ ।

रा. बा. बैंकले उद्योगको कारोबार बिनाकारण आफ्नो मनमर्जीले बन्द गरी उद्योगलाई निर्यात गर्न नदिई उद्योगउपर कृत्रिम ऋण सिर्जना गरी कारोबार गर्न नदिएपछि उद्योगीले ब्याज कसरी तिर्ने र सो को दायित्व उद्योगी उपर थोपार्नु कति जायज हो ?

(ग) बैंकले अचानक कारोबार बन्द गरे लगत्तै Export L/C हरु क्यान्सिल भएको पनि मिति २०५८/०५/२९ को पत्र संख्या एल.सी. ३७/१५९ को पत्रको पेज नं २ को अन्तिम अनुच्छेद मा लेखिएको विवरणबाट स्पष्ट देखिन्छ ।

उक्त पत्रमा“पूर्व निर्यात कर्जा तर्फको Export L/C को समय अवधि समाप्त भै सकेको  देखिन्छ ।”

उपरोक्त पूर्व निर्यात कर्जा तर्फको एक्सपोर्ट एल.सी. बाहेक अरु थप करीब यु.एस.डलर २०,००,०००/— (बीस लाख) भन्दा बढीको एक्सपोर्ट एल. सी. हरु समेत गरी जम्मा यु.एस.डलर ५०,००,००० (पचास लाख) को एक्सपोर्ट एल. सी. क्यान्सील भएको जानकारी गराउन चाहन्छु ।

(घ) मिति २०५८/०५/२९ को पत्र संख्या एल.सी. ३७/१५९ को पत्रको पेज नं ३ को अन्तिम अनुच्छेद तथा पेज नं ४ को पहिलो अनुच्छेद मा लेखिएको विवरणमा राष्ट्रिय वाणिज्य बैंक विशाल बजार काठमाडौं शाखा कार्यालयले राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयलाई उद्योगलाई स्विकृत सिमाभित्रको कारोबार गर्न दिने भनी शाखा कार्यालयको बोर्डले निर्णय गरी पठाउँदा पनि राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय, सिहंदरबार प्लाजाले उद्योगको कारोबार नखोलेको स्पष्ट बुझिन्छ ।

 

उक्त पत्रमा – पेज नं ३ को अन्तिम अनुच्छेद मा

“ऋणी फर्मको प्रो. श्री इनानीले बैंकसँग कारोबार बन्द भए पश्चात् ब्याज रकम पनि जम्मा नगरेको अवस्था रहेको देखिनुको साथै बैंकले स्वीकृत सिमाभित्र कारोबार नगराई ऋण तिर्न नसक्ने अवस्थाको जिकिर गर्दै आएको छ । यस्तो अवस्थामा बैंक र ग्राहक बीच सम्झौता भई कारोबार गर्नु गराउनु समसामयिक नै रहेको छ ।”

तथा पेज नं ४ को पहिलो अनुच्छेद मा

“ बैंक र ग्राहक संगको कारोबार बन्द रहदाँ कर्जा असुल गर्ने गराउन कठिन रहेको पक्षमा बिचार गर्दा ग्राहकलाई स्वीकृत सिमा भित्र सम्मको कारोबार गर्न दिई कर्जा चुक्ता गर्न गराउन प्रोत्साहित गर्न ग्राहक समेतको निवेदन माथि बिचार गरी पूर्व स्विकृत सिमाभित्र कारोबार गर्न दिने उपयुक्त हुने देखिएकोले विभागमा आवश्यक निर्णयार्थ पठाउने ” 

रा.बा. बैंक केन्द्रिय कार्यालयले माग गरेपछि “बैंकका प्रतिष्ठित गाह्रक महालक्ष्मी गार्मेन्ट उद्योगको स्विकृत सिमा ‘लिमिट’ भित्र कारोबार गराउन अति आवश्यक र जरुरी भएको छ” तथा “बैंक र ग्राहक बीच सम्झौता भई कारोबार गर्नु गराउनु समसामयिक नै रहेको छ” भनी रा.बा. बैंक विशालबजार शाखा कार्यालयले माइन्यूट पास गरी रा.बा. बैंक केन्द्रिय कार्यालय, सिहंदरबारलाई कायार्थको लागि पठाएको थियो तापनि रा.बा. बैंक केन्द्रिय कार्यालयले सो अनुसार उद्योगको कारोबार सुचारु नगरेको जानकारी गराउन चाहन्छु ।

रा.बा. बैंक स्वयंले उद्योगको कारोबार सुचारु नगर्दा बैंक र उद्योगीलाई भएको क्षतिको जिम्मेवार को हो ?

उद्योगको कारोवार बन्द गरिदिएको खण्डमा उद्योगीले ऋण कसरी चुकाउने हो ? ब्याज कसरी तिर्ने हो ? अन्तराष्ट्रिय स्तरको यस उद्योगले आफ्नो विदेशी आयात कर्र्ताहरुलाई वहाँहरुले दिएको अर्डर सामानको निकासी सम्बन्धमा के उत्तर दिने हो ? बैंकले विचार किन नगरेको हो ? त्यसको राष्ट्रमा पर्ने नकरात्मक असरको विषयमा बैंकले विचार किन नगरेको ?

मिति २०५८/०६/०७ मा तत्कालिन सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यूलाई (बोधार्थ श्रीमान् गर्भनर तिलक रावल ज्यू, नेपाल राष्ट्र बैंक) लाई राष्ट्रिय वाणिज्य बैंकसँगको समस्या सम्बन्धमा स्वीकृत limit भित्र कारोबार संचालन गरी पाउन निवेदन गरेको थिए । सम्माननीय प्रधानमन्त्रीज्यूद्वारा निर्देशन भइ श्री प्रधानमन्त्री कार्यालयबाट श्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा श्री अर्थ मन्त्रालयलाई नेपाल तयारी पोशाक उद्योग सम्बर्धनको लागि आवश्यक कारवाही हुन आदेशानुसारको मिति २०५८/०८/२८ (पत्र सं. १३०५/०५८ च. नं. १४११) मा पत्र पठाइएको थियो ।              

    रा.बा. बैंक शाखा कार्यालयमा सम्पर्क गर्दा त्यहाँबाट रा. बा. बैंक केन्द्रिय कार्यालयमा निर्णार्थ पठाइसकेको भनी जानकारी गराएपछि म उद्योगीले रा. बा. बैंक केन्द्रिय कार्यालयमा पटक–पटक सम्पर्क गरी कारोबार किन बन्द गरेको, हालसम्म पनि किन नखोलेको र कारोबार सुचारु गर्न भनी पटक–पटक अनुरोध गर्दै गएको थिए ।       

                रा. बा. बैंक केन्द्रिय कार्यालयले यस उद्योगको स्वीकृत सिमा भित्रको कारोबार बन्द गर्नु अघि सम्मको सम्पूर्ण ब्याज नियमित रुपमा समयमा नै उद्योगीबाट चुक्ता भई सकेको र यस उद्योगको कारोबार बैंकले बिनाकारण आफूखुसी अचानक बन्द गरेपछि र रा.बा. बैंक शाखा कार्यालयले सुचारु गर्नु भन्दा पनि वर्षौसम्म सुचारु नगरेपछि ब्याजको कुनै दायित्व नरहेतापनि बाध्यतावश राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयबाट रा. बा. बैंक केन्द्रिय कार्यालयलाई लेखेको मिति २०५८/०५/२९  (पत्र. सं. एल. सी. ३७/१५९) को पत्रमा उल्लेख बाँकी देखाएको ब्याजलाई आधार बनाई मिति २०५९/१२/२८ (२००३/०४/११) मा रा.बा. बैंक केन्द्रिय कार्यालय तत्कालिन कार्यकारी प्रमुख र उद्योगीको बीचमा बैंकका सञ्चालक एवं कर्जा शाखाको प्रतिनिधिहरुको उपस्थितिमा भएको मिटिङ्गमा रा. बा. बैंक केन्द्रिय कार्यालयका तत्कालिन कार्यकारी प्रमुखले तपाईँको उद्योगको विषयमा बैंकबाट गल्ती भएकै हो भनी स्वीकार गरेका थिए र म उद्योगीले मौखिक प्रस्ताव राखेको थिए। दुवै बीच प्रस्ताव अनुरुप मौखिक सम्झौता भएको र सम्झौता अनुसार रा. बा. बैंक केन्द्रिय कार्यालयले रा. बा. बैंक काठमाडौ शाखा कार्यालयमा उद्योगीबाट मिति २०५८/०५/२९ (पत्र. सं. एल. सी. ३७/१५९) को पत्रमा उल्लेख बाँकी देखाएको ब्याजको २५% ब्याज रकम जम्मा लिई उद्योगको कारोबार पुन: सुरु गरिदिने भनी आदेश पत्र तुरुन्त पठाउने । रा. बा. बैंक काठमाडौँ शाखा कार्यालयमा केन्द्रिय कार्यालयबाट माथि उल्लेख बमोजिम आदेश पत्र प्राप्त भएपछि सो पत्रको आधारमा उद्योगले शाखा कार्यालयमा उक्त २५% ले हुन आउने लगभग NRs. 10 million ब्याज जम्मा गर्ने र जम्मा भएपछि उद्योगको साविक बमोजिम स्वीकृत सिमा (रु. ३३ करोड को सीमा) भित्रको कारोबार पुन: सुरु गरिदिने मिटिङ्गमा सहमति भएतापनि रा. बा. बैंक केन्द्रिय कार्यालयले रा.बा. बैंक काठमाडौँ मुख्य शाखा कार्यालयमा सहमति अनुसारको ब्याज जम्मा लिई उद्योगको साविक बमोजिम स्वीकृत सिमा भित्रको कारोबार पुन: सुरु गरिदिने आदेश पत्र केन्द्रिय कार्यालयले शाखा कार्यालयमा नपठाएको ।

                रा.बा. बैंक काठमाडौँ मुख्य शाखा कार्यालयले हामीलाई कुनै जानकारी नआएको कुन आधार र शीर्षकमा ब्याज जम्मा लिने र कारोबार सुचारु गर्ने भनेर भने र रा. बा. बैंक केन्द्रिय कार्यालयको पत्र माग गरे । रा.बा. बैंक काठमाडौँ मुख्य शाखा कार्यालयले रा. बा. बैंक केन्द्रिय कार्यालयको पत्र माग गरेको कुरा मैले केन्द्रिय कार्यालयलाई पत्र मार्फत जानकारी गराएको थिए । तर शाखा कार्यालयमा पत्र प्राप्त भएन । रा. बा. बैंक केन्द्रिय कार्यालय तत्कालिन कार्यकारी प्रमुख ज्यूलाई पुन: सम्पर्क गर्दा कार्यकारी समितिलाई पत्र पठाइदिन निर्देशन दिइसकेको जानकारी गराएका थिए । तापनि शाखा कार्यालयमा पत्र प्राप्त भएन ।

© 2023 MGI Nepal 

     Fight Against Grand Corruption in Nepal

  • Youtube
bottom of page